logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२१ वर्षीयाले जन्माइन् २ वटा टाउकासहितको शिशु


अंकुरण खबर
1.404K
Shares

भारतको मध्यप्रदेशमा एक महिलाले दुईवटा टाउको भएको एक शिशुलाई जन्म दिएकी छिन्। दुईवटा टाउको, ३ वटा हात र ४ वटा पञ्जा भएको शिशु जन्मिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

मध्यप्रदेशको विदिशा जिल्लाको गञ्ज बसौदा निवासी २१ वर्षीया बबिता अहिरवारले यस्तो शिशु जन्माएपछि चिकित्सकहरु पनि अचम्मित भएका छन्। शिशुको दुईवटा टाउकोको काँधदेखि नै जोडीएको छ भने तेस्रो हात दुईवटै टाउकोको बिचबाट निस्किएको समाचारमा उल्लेख छ।

गत शनिवार अस्पताल पुर्‍याइएकी बबिताले पहिलो सन्तानका रुपमा दुई टाउके शिशुलाई जन्म दिएकी हुन्। तर शिशुको मुटु भने एउटै छ। चिकित्सकहरुले ती महिलालाई गर्भ बसेको ३५ औं हप्तामै सोनोग्राफी गर्दा जुम्ल्याह बच्चा भएको बताएका थिए। कन्जोइन्ड नामको यो रोग सामान्यत: महिलाको गर्भमा भ्रुण सही ढंगले विकसित नहुँदा हुने यो अवस्था एक लाखमा एक गर्भवतीमा देखिने चिकित्सकहरु बताउँछन्।

अहिले शिशुसँगै उनकी आमा स्वस्थ रहेको आजतक अनलाइनले लेखेको छ। यद्यपि यस्तो अवस्था लिएर जन्मिएका बच्चा जीवित रहने अवस्था निक्कै कम हुने चिकित्सकहरुले बताएका छन्। एजेन्सी