logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि ४० जना लडाकू मारिए


अंकुरण खबर
754
Shares

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० जना लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबारदेखि मंगलबारसम्मको २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएको पुष्टि गरेको छ । देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी ६ तालिबान लडाकू मारिएका छन् भने लडाकूहरुले प्रयोग गरेको २ सवारी साधन जलेका छन् ।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकू मारिएको अफगानी सुरक्षाकर्मीहरुले जनाएका छन् । लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टा छुट्टै सुरक्षा कारबाहीमा अर्को ९ जना मारिएका छन् ।

त्यसैगरी अन्य विभिन्न प्रान्तहरुमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक फरक संख्यामा लडाकूहरु मारिएका सैन्य अधिकारीहरुले जनाएका छन् । एजेन्सी