logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बंगलादेशमा सातजनालाई मृत्युदण्ड


अंकुरण खबर
2.431K
Shares

बंगलादेशको ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्ड सुनाएको छ ।

ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान जाने गरी हमला भएको थियो । हमलामा मारिनेमध्ये १७ जना विदेशी थिए । आतंकवादी हमला भनिएको उक्त घटनामा संलग्न सातजनालाई अदालतले बुधबार मृत्युदण्ड सुनाएको हो ।

न्यायाधीश एमडी मजिबुर रहमानको नेतृत्वमा अदालतले बुधबार फैसला सुनाएको हो । हदिसुर रहमान, राकिबुल हसन रेगन, अस्लाम होसेन रश, एमडी अब्दुस सबुर खान, शरिफुल इस्लाम खलेद, ममुनुर रशिद रिपोन र जहांगिर होसेनलाई मृत्युदण्डको सजाय सुनाइएको हो । एजेन्सी