logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेशमा सातजनालाई मृत्युदण्ड


अंकुरण खबर
2.379K
Shares

बंगलादेशको ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्ड सुनाएको छ ।

ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान जाने गरी हमला भएको थियो । हमलामा मारिनेमध्ये १७ जना विदेशी थिए । आतंकवादी हमला भनिएको उक्त घटनामा संलग्न सातजनालाई अदालतले बुधबार मृत्युदण्ड सुनाएको हो ।

न्यायाधीश एमडी मजिबुर रहमानको नेतृत्वमा अदालतले बुधबार फैसला सुनाएको हो । हदिसुर रहमान, राकिबुल हसन रेगन, अस्लाम होसेन रश, एमडी अब्दुस सबुर खान, शरिफुल इस्लाम खलेद, ममुनुर रशिद रिपोन र जहांगिर होसेनलाई मृत्युदण्डको सजाय सुनाइएको हो । एजेन्सी