logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२७ वर्षीय कलाकार चा इन घरमै मृत भेटिए


अंकुरण खबर
910
Shares

दक्षिण कोरियाका चर्चित कलाकार चा इन–हा राजधानी सोलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

सत्ताइस वर्षीय कलाकार चाबारे उनको संस्थाले एउटा विज्ञप्ति जारी गर्दै आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ। उनले हालै मात्र टेलिभिजन शृङ्खला ‘लभ विथ फ्लज’ मा अभिनय गर्न थालेका थिए ।

दुई महिनाको अवधिमा तीन जना दक्षिण कोरियाली कलाकारीको अप्रत्यासित रुपमा निधन भइसकेको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको ‘सर्प्राइज यू’अभिनय समूहका सदस्य थिए । सन् २०१७ मा सार्वजनिक भएको ‘यू, डीप इन्साइड अफ मी’ उनको पहिलो चलचित्र हो।

फ्यान्टिएगोले चाको मृत्युलाई ‘अविश्वसनीय’भन्दै परिवारलाई शान्तिपूर्वक उनको बिदाइ गर्न दिन कुनै हल्ला नफैलाउन तथा अनुमान गरिएका विवरण प्रकाशित नगर्न आग्रह गरेको छ। उसले भनेको छ, ‘उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिनेछ ।’

दक्षिण कोरियामा चर्चित कलाकारहरूको मृत्युबारे बारम्बार चर्चा हुने गरेको छ भने आत्महत्याको दर समेत उच्च छ। के–पप भनिने कोरियाली पपका चर्चित कलाकार सुल्ली अक्टोबर र गू हारा नोभेम्बरमा आफ्नो घरमा मृतावस्थामा भेटिएका थिए । एजेन्सी