logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुरक्षा कारबाहीमा २० आतङ्ककारी मारिए


अंकुरण खबर
1.482K
Shares

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको २ वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र ३ सैनिक मारिएको सेनाले जनाएको छ ।

स्थानीय समयानुसार मङ्गलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा सो आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

यसअघि आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका थिए । दक्षिण अफ्रिकी यस देशमा सन् २०१५ यता भएका आक्रमणहरुमा ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यसमा २ सय सशस्त्र सैनिक रहेका जनाइएको छ । आतङ्ककारी आक्रमणको कारण हजारौ व्यक्ति विस्थापित भएका छन् । एजेन्सी