logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको बदलामा तीन छोरीले गरे बाबुको हत्या


अंकुरण खबर
845
Shares

रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए ।

छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो । बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए ।

यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् ।

अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो ।

कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ । एजेन्सी