मुम्बई – केही समय अगाडी रिलिज भएको फिल्म ‘पागलपन्ती’को एक गीतमा देखिएकी अभिनेत्री उर्वशी रौतेलले एक लाइभ कार्यक्रममा नाचेको पैसा गरेको ३ करोड रुपैयाँ लिने गरेकी छन् ।
स्पोर्टब्वोइको खबर अनुसार भारतमा मात्र नाचेको ३ करोड दिने गरेकी छन् भने अन्य देशको रमक भने फरक रहेको छ । बलिउड फिल्म उद्योगमा यतिधेरै पैसाको माग गर्ने उनी मात्र एक सेलिब्रेटी हुन् ।
उर्वशीले नयाँ वर्षको पाटिमा ‘बिमार दि’गीत – फिल्म–पागलपन्ती , बिजलीकी तार फिल्म सिंगल, ‘हसिनोका दिवाना’फिल्म काबिल ,र ‘ड्याडी ममी’फिल्म-भाग जानी लगायतका गीतमा नाचेकी छन् ।
मिस टिन इन्डिया र मिस दिवा जस्तो अवार्ड जितेकी २५ वर्षकी उर्वशीले २०१३ मा बलिउडमा प्रवेश गरेकी हुन् । फिल्म ‘साहब दि ग्रेट’बाट डेब्यु गरेकी उनले सनी देओलको अपोजिट काम गरेकी थिइन् ।