मुम्बई – ‘मिस युनिभर्स २०१९’को ताज साउथ अप्रिकाकी जोजोबिनी टुंजीले जितेकी छन् ।
अमेरिकाको जोर्जिया लटलांटमा सम्पन्न भएको यो कार्यक्रममा विश्वभरका ९० महिला सहभागी भएका थिए । जसमा नेपालबाट प्रदिप्ता अधिकारीले प्रतिनिधित्व गरेकी थिइन् । तर, उनी टप २० मा पुग्नु अगाडि नै आउट भइन ।
यो कार्यक्रमको आफ्नो देशको प्रथितनिधित्व गर्दै सबै सहभागीहरूले आफ्नो कला संस्कृति झल्कने कपडा लगाएका थिए ।
भारतबाट प्रतिनिधित्व गरेकी भर्तिका सिंहले सबैको ध्यान खिच्न सफल भएकी थिइन् । भारतकी भर्तिकाले टप २० मा वाइलकार्ड इन्ट्री मारकी थिइन् ।