logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट : पाँच जनाको मृत्यु


अंकुरण खबर
1.82K
Shares

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते तथा सम्पर्कविहीन भएका छन् ।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ ।

प्रहरीले सो ज्वालामुखीमा परेका २३ जनालाई उद्धार गरिएको जनाएको छ । हताहत हुने व्यक्तिको संख्या बढ्न सक्ने बताइएको छ । सो स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ ।

उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । घाइतेहरूको शरीर पोलेको छ । एजेन्सी