logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्टारकटिकाका लागि उडेको ३८ जना सवार चीलीको सैन्य विमान बेपत्ता


अंकुरण खबर
728
Shares

चीलीमा एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको हवाई सुरक्षा बलको विमान आज विहान बेपत्ता भएको हो ।

विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार रहेको चिलीको सेनाले जनाएको छ । तीमध्ये १७ चालक दलका सदस्य र २१ यात्रु भएको बताइएको छ ।

विमानमा रहेकामध्ये तीन जना सर्वसाधारण भएको बताइएको छ । मंगलबार विहान पौने ३ बजेपछि किङ्ग जर्ज टापुमा पुगेपछि विमानसँगको सम्पर्क टुटेको हो ।

विमान सेनाको बन्दोबस्तीका समाग्री र्पुयाउनका लागि अन्टारकटिका जाँदै गरेको बताइएको छ । बेपत्ता विमान र यात्रुको खोजी जारी रहेको बताइएको छ ।