काठमाडौं – न्युजिल्याण्डको सेनाले व्हाइट आइल्याण्ड नामक ज्वालामुखीमा ज्यान गुमाएका मध्ये ६ जनाको शव बरामद गरेको छ ।
सोमबार अलग-अलग देशका झण्डै ५० जना पर्यटक उक्त ज्वालामुखी हेर्न गएका थिए जब अचानक त्यहाँ विष्फोट भयो । अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ। अरु २० जना गम्भीर रुपले जलेका छन् उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।
शव बरामद गर्नु एक जोखिमयुक्त काम थियो किनभने ज्वालामुखी फेरि विष्फोट हुने सक्ने आशंका थियो ।