logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुरुङमा थुनिएर चीनमा १४ कामदारको मृत्यु


अंकुरण खबर
728
Shares

चीनको एक कोइला खानीको सुरुङमा थुनिएर १४ कामदारको मृत्यु भएको छ ।

अरु दुईजना अझै कोइलाखानीको सुरुङमा थुनिएकाले खोजी भैरहेको छ । सात जना कामदारको भने सकुशल उद्दार गरिएको छ ।

चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा आज विहान सो घटना भएको हो । कामदार सुरुङमा फस्केको समयमा अत्याधिक ग्यास लिक हुँदा सो दुर्घटना भएको अनुमान गरिएको छ ।