logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एकान्तमा यसकारण रुन्छिन् करीना


अंकुरण खबर
2.002K
Shares

बलिउडमा सदाबहार चर्चामा आउने अभिनेत्री हुन् करीना कपुर । धेरै जसो आफ्नो नयाँ फिल्म र हट फोटोसुटका कारण चर्चामा आउने करिना फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

हालसम्म धेरै नै हिट फिल्महरु खेलिसकेकी  करीना पछिल्लो समय अक्षय कुमारको नयाँ फिल्म गुड न्युजमा देखिदैछिन् ।

फिल्ममा धेरैजसो हसाउने गरेकी करीनाले कुनै फिल्ममा रुवाएकी पनि हुन्छिन् । यसैक्रममा हालै करिनाले आफ्नो एक गोप्य कुरा खुलाएकी छिन् । उनले हालै फिल्ममा मात्र नभई एकान्तमा पनि रुने गरेको रहस्य खुलाएकी हुन् ।

उनले एक भारतिय मिडियासँग कुरा गर्दै भनिन्  पति सैफ सुटिङका लागि घर बाहिर गएका बेला कहिलेकाही म उनलाई सम्झेर रुने गर्छु । उनले भनिन, ‘सैफ जब सुटिङका लागि घरबाहिर निस्कन्छन्, म उसलाई मिस गर्छु र एक्लै रोएर बस्छु ।’आफुसँग छोरा तैमुर सँगै भए पनि सैफ नहुँदा एक्लो महसुस गर्ने उनले बताइन् । एजेन्सी