logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात महिने बालक बने अमेरिकाको एक सहरको मेयर


अंकुरण खबर
1.131K
Shares

अमेरिकाको ह्वाइटहल सहरमा एक सात महिनाका बालक मेयर चयन भएका छन् ।

ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’म्याकमिलन चयन भएका हुन् । उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।

समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । जसले बढी रकम दान गर्नेलाई उसलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।

यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए ।

बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । बोली नै नफुटेका बालकले कसरी सपथ लिने भन्ने समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए । एजेन्सी