logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुग्यो


अंकुरण खबर
1.157K
Shares

भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको मृत्यु भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् ।

मुस्लिम विरोधी रहेको भनिएको नयाँ कानुनको विरोधमा मारिने अधिकांश युवा रहेको बताइएको छ । आन्दोलनका क्रममा भारतीय जनता पार्टीले शासन गरेका राज्यहरुमा बढी दमन भएकाले मारिनेहरुको संख्या बढेको बताइएको छ । भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले सरकार चलाएको छ ।

प्रदर्शनकारीले दर्जनौ सरकारी सवारीसाधन र सार्वजनिक, निजी भवनहरुका तोडफोड गरेको बताइएको छ । अन्दोलनकारीले प्रहरी चौकीमा समेत आक्रमण गरेका छन् ।

सुरक्षाकर्मीले इन्टरनेट सेवा अझै बन्द गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।

करिब एक हजार प्रदशर्नकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।