logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा बन्दुकधारीबाट गोलाबारी, १३ जना घाइते


अंकुरण खबर
1.235K
Shares

शिकागो – अमेरिकाको शिकागोस्थित पार्टी चलिरहेको एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् ।

घाइते मध्ये चार को अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार गोलीकान्डको घटना ५७ स्ट्रीट क्षेत्रमा भएको हो ।

पार्टी चलिरहेकै बेला त्यहाँ ५–६ राउण्ड गोली चलेको आवाज सुनिएको पार्टीमा सामेल एक जनाले बताए । गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

कसले किन गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन ।