logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, ५ सैनिकको मृत्यु


अंकुरण खबर
1.014K
Shares

भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सैनिकविच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन भारतीय र दुई पाकिस्तानी सैनिक रहेका छन् । जम्बु कश्मीरको हाजी पीर क्षेत्रमा ३६ घन्टासम्म चलेको भिडन्तमा ति सैनिकहरु मारिएको पाकिस्तानी सेनाले जानकारी दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आशीफ गफूरले दुबै क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भिडन्त भएको ट्विटरमार्फत जानकारी दिएका हुन । पाकिस्तानी सेनाले सो क्षेत्रमा सुवेदार सहित तीन भारतीय सैनिक मारिएको र भारतीय सैनिकको एउटा पोष्ट समेत नष्ट गरिएको जनाएको छ ।

भिडन्तमा केही सैनिक घाइते भएको बताइएको छ । पाकिस्तानका सेनाका एक सुवेदार र जवानको मृत्यु भएको छ । देवा क्षेत्रमा भएको भिडन्तमा पाकिस्तानी सैनिक मारिएका हुन । भिडन्तको बारेमा भारतीय सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सी