logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युट्युबरलाई जेल सजाय


अंकुरण खबर
2.561K
Shares

मोरक्सो राजालाई अपमान गरेको आरोपमा मोरक्कोका एक युट्युबरलाई चार वर्षको जेल सजाय सुनाइएको छ।

आफ्नो देशका राजा अपमानित हुने प्रकृतिको भिडियो सार्वजनिक गरेको आरोपमा मोहमद सेक्काकी नामका युट्युबरलाई जेल सजाय सुनाइएको हो। सेक्काकीका युट्युब भिडियोले सामान्यतः एक लाख भ्युज पाउने गरेको उनका वकिल मोहमद जियानले जनाएका छन्।

सेक्काकीलाई यही डिसेम्बरको सुरुमा प्रहरीले पक्राउ गरेको थियो। स्थानीय मिडियाका अनुसार उनले भिडियो मार्फत मोरक्कोका जनतालाई ‘गधा’भन्नुका साथै राजा मोहम्मद छैठौँलाई अछुत भनेका थिए।

यसअघि मोरक्कोमै र्यापरलाई सरकारी अधिकारीलाई टिप्पणी गरेको भन्दै एक वर्षको जेल सजाय दिइएको छ।