logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरियामा ४८ नेपालीले आत्महत्या गरे, ४७ ले दुर्घटनामा ज्यान गुमाए


अंकुरण खबर
1.079K
Shares

आजको कान्तिपुर दैनिकमा रोजगारीका लागि दक्षिण कोरिया सोचेजस्तो सजिलो नरहेको भन्दै समाचार छापिएको छ।

कोरिया आकर्षक मानिन्छ तर यहाँ कामदारका दुःख अनेक छन् । दैनिक कार्यअवधि १२ घण्टाभन्दा बढी नै छ । भाषा समस्या उस्तै छ ।

सन् २००७ मा सुरु भएको इपीएस खुलेसँगै कोरिया आएर काम गर्ने नेपालीको संख्या बढेको छ । यसअघिमा ६२ हजार २ सय २७ जना नेपाली कोरिया आएका छन् ।

संख्या बढेसँगै विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या पनि बढेको छ । दूतावासका अनुसार अहिलेसम्म १८१ जनाले ज्यान गुमाएका छन् ।

जसमा आत्महत्या गर्ने ४८ र दुर्घटनामा ज्यान गुमाउने ४७ जना रहेका छन् । यस्तै भिन्न रोग र सुतेकै अवस्थामा ज्यान गुमाउने ८४ जना रहेका छन् ।