बलिउड गायिका सपना चौधरी चढेको कार दुर्घटना भएको छ। दुर्घटनाबाट सपना सुरक्षित छिन् भने उनको कार क्षतिग्रस्त भएको छ।
उनी चढेको सेतो रङको उनको कारको अगाडि निकै क्षति पुगेको भारतीय मिडिया आजतकले जनाएको छ। सपनाको उक्त कार उनको ड्राइभरले चलाइरहेका थिए। दुर्घटना भारतको गुरुग्राममा भएको थियो। गुरुग्रामको हीरो होण्डा चोकमा सपनाको कारलाई पछाडिबाट अर्को कारले ठक्कर दिएको थियो।
सपनाले यस घटनामा कुनै उजुरी नगरेको सुमाचारमा उल्लेख गरिएको छ। सपना शपिङका लागि सोहना रोडबाट फर्किने क्रममा उनको कारलाई तिब्र गतिमा आइरहेको कारले ठक्कर दिएको थियो। यो घटना बिहीबार राति भएको समाचारमा उल्लेख गरिएको छ।