आतंकवादी समूह स्लामिक स्टेट(आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ ।
आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ ।
आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै ११ जनाको हत्या गरेको जानकारी दिएको हो ।
५६ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिलाई गोली हानेर ढालिएको छ । बाँकी १० जनालाई धकेलेर खाल्डोमा खसाइएको छ र त्यहीँ घाँटी रेटेर हत्या गरिएको देखिन्छ । एजेन्सी