logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमालियामा कार बम विस्फोट, ७६ भन्दा बढीको मृत्यु


अंकुरण खबर
3.081K
Shares

सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोटन हुँदा ७६ जनाको मृत्यु भएको छ।

शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्। प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो।

विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए। “भयङ्कर विस्फोटन भएको थियो, ७६ जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइते भएका छन्,” एक जना प्रहरी अधिकृत इब्राहिम मोहम्मदले भन्नुभयो।

उहाँले घाइतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताउनु भयो। उहाँले निकै ठूलो दुःखद घटना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिनुभयो। एजेन्सी