अमेरिकाको लुजियानामा विमान दुर्घना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
लुजियानाको लाफायेत्तेमा रहेको वालमार्ट सुपरमार्केट नजिकै शनिबार विमान दुर्घटना भएको हो । विमानमा रहेका एकजना भने जीवित रहन सफल भएका छन् ।
दुर्घटनाग्रस्त भएर खसेको विमान कारसँग ठोक्किएको थियो । कारका ड्राइभर घाइते भएका छन् । अरु दुईजना पनि घाइते भएका छन् ।
दुर्घटना लगत्तै वालमार्ट सुपरमार्केट खाली गरिएको थियो। मृत्यु हुनेमा एकजना पत्रकार रहेको जनाइएको छ ।