logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा शीत लहरले जनजीवन ठप्प, यूपीमा ५७ जनाको मृत्यु


अंकुरण खबर
1.105K
Shares

पहाडमा हिउ, चिसो हावा तथा बाक्लो कुहिरोका कारण नयाँ दिल्ली समेत सबै उत्तर भारतमा चिसो अत्याधिक बढेको छ ।

चिसोले दिल्ली–एनसीआर, उत्तर प्रदेश, पंजाब, हरियाणा, साजस्थान, उत्तराखण्ड, हिमान्चल प्रदेश, मध्य प्र्रदेशदेखि केन्द्रशासित प्रदेश लद्दाखको द्रास घाटी तथा जम्मु–कश्मरुको श्रीनगर सम्म व्यापक शीत लहरले जनजीवन ठप्प भएको छ । तापक्रमले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । दिल्लीको तापक्रम ओर्लेर २ डिग्री सम्म झरेको छ । डिसेम्बरमा यो सिजनको यो न्यूनतम तापक्रम हो ।

चिसोको नराम्रो अवस्था देखेर मौषम विभागले दिल्लीमा रेड अलर्ट जारी गरेको छ । यसैगरी यूपीको कानपुरमा यो २ डिग्री तथा लद्दाखको कारगिल जिल्लाको द्रासमा तापक्रम –२८.६ डिग्री सेल्सियस कायम भएको छ । मध्य प्रदेशको हिल स्टेशन मचमढीमा तापक्रम १.२ डिग्री सम्म ओर्लेको छ । राजस्थानको शेखावटीमा न्यूनतम तापक्रम –४ डिग्रीमा ओर्लिएको छ । दिल्लीमा शनिबार लगातार १५ औं दिनसम्म पनि सर्वा्धिक चिसो रह्यो । १९०१ पछि याहाँ सर्वा्धिक चिसो डिसेम्बरमा रह्यो ।

दिल्लीमा २०१३ को ३० डिसेम्बरमा तापक्रम २.४ डिग्री रहेको थियो १९९६ को डिसेम्बर ११ मा तापक्रम २.३ डिग्री तथा १९३० को २७ डिसेम्बरमा शून्य डिग्री रहेको थियो । उत्तर प्रदेशका धेरैजसो सहरमा तापक्रम जम्ने बिन्दुमा ओर्लिएको थियो । चिसोका कारण यो राज्यमा ५७ मानिसको मृत्यू भइसकेको छ । एजेन्सी