logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्षय कुमारको फिल्म ‘गूड न्युज’ को ४ दिनको कमाई कति ?


अंकुरण खबर
1.677K
Shares

बलिउड अभिनेता अक्षयकुमार र करिना कपुर अभिनित फिल्म गूड न्युज अहिले हलमा प्रदर्शन भइरहेको छ ।

यस फिल्मले शुरुवातदेखी नै निकै राम्रो ब्यापार गरिरहेको छ । भारतिय मिडियाका अनुसार फिल्म ‘गूड न्युज’ले पहिलो दिनमा १७ करोड ५६ लाखको ब्यापार गरेको थियो ।

त्यस्तै दोस्रो दिन २१ करोड ७८ लाखको व्यापार गर्यो । त्यस्तै आइतबार यस फिल्मले २८ करोडको ब्यापार गरेको छ । भने सोमबार १३ करोडको ब्यापार गरेको छ । हालसम्म यस फिल्मले ७८ करोडको ब्यापार गरेको छ ।

अभिनेता अक्षय कुमार, करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणीको मूख्य भुमिका रहेको यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । सरोगेसीमा आधारित रहेर तयार भएको यस फिल्मको गीत र ट्रेलर पनि निकै मनपराइएको थियो । एजेन्सी