जम्मु काश्मीरमा गोली चल्दा दुई भारतीय सेनाको मृत्यु भएको छ । लाइन अफ कन्ट्रोलमा बुधबार पाकिस्तानतर्फबाट हानेको गोली लागेर दुई भारतीय सेनाको मृत्यु भएको हो ।
प्रारम्भिक सूचनाअनुसार नाउशेरा क्षेत्रमा दुईजना भारतीय सैनिकले सर्च अपरेसनका क्रममा पाकिस्तानतर्फबाट उनीहरुमाथि गोली प्रहार भएको डीएनए इन्डियाले जनाएको छ । उक्त क्षेत्रमा शंकास्पद आतंकवादी गतिविधि हुन लागेको भन्नेो सूचनाका आधारमा सर्च अपरेसन सुरु गरिएको थियो ।
भारत प्रशासित जम्मु काश्मीधरस्थित भारतीय सेनाको जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्णेल देभेन्दर आनन्दले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, नाउशेरा क्षेत्रमा घेरा हाल्ने र सर्च अप्रेसनका क्रममा दुईजना जवान सहिद भएका छन् । तर, सर्च अपरेसन अझै जारी छ र यस विषयमा थप जानकारी पछि दिइनेछ ।
लामो समयदेखि विवादित जम्मु काश्मीरको लाइन अफ कन्ट्रोलमा दुवै पक्षबाट गोली हानाहान भने अझै रोकिएको छैन ।
भारतका नवनियुक्त सेना प्रमुख मनोज मुकुन्द नरभानेले पाकिस्तानलाई सीमापार आतंकवादप्रति भारतको प्रतिक्रिया संयन्त्रमा नयाँ सामान्यू भइसकेको बताएका थिए । मंगलबारदेखि नै पदभार सम्हालेका सेना प्रमुख नरभानेले यदि पाकिस्तानले राज्यद्वारा प्रायोजित आतंकवादको नीति पाकिस्तानले नरोकेमा उक्त आतंक रोक्न भारत बाध्य हुने चेतावनी दिएका थिए । उक्त चेतावनी दिएको एकदिनपछि जम्मु(काश्मीमरमा गोली चलेको हो । एजेन्सी