logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियाको राजधानी जकार्तामा बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु


अंकुरण खबर
2.184K
Shares

इन्डोनेसियाको राजधानी जकार्तामा बाढीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको हो ।

जकार्ताको पूर्वी क्षेत्रमा रहेको विमानस्थलमा रहेको मौसम, जलवायु तथा जिओफिजिक्स एजेन्सी (बिएमकेजी) ले एकै दिनमा ३७७ मिलिलिटर वर्षा भएको जनाएको छ । सन् १९९६ यता एक दिनमा भएको यो सबैभन्दा ठूलो वर्षा हो ।

नयाँ वर्षको सुरुमा भएको वर्षा सामान्य नरहेको एजेन्सीले जनाएको छ । पूर्वी जकार्ताका अधिकांश क्षेत्रमा ३३५ मिलिलिटर भन्दा बढी वर्षा भएको छ । यस्तै बेकासी क्षेत्रमा २५९ मिलिलिटर वर्षा भएको छ । एकै दिन १५० मिलिलिटर भन्दा बढी वर्षा भएमा भीषण वर्षाका रुपमा लिने गरिन्छ ।

वर्षाका कारण पहिरो पनि गएको छ । इन्डोनेसियामा सन् २०१३ मा वर्षापछिको बाढीका कारण ४७ जनाको ज्यान गएको थियो । त्यसयताको यो ठूलो क्षति हुने गरी आएको बाढी हो ।