ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता भएका छन् ।
प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।
उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न सेनापति मिङ जाँदै थिए । हेलिकप्टरमा सवार केहीलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैन् । हेलिकप्टर आकष्मिक अवतरणको कारण भने खुलेको छैन् ।
जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो । उद्दार कार्य जारी रहेको स्थानीय संचार माध्यमले जनाएका छन् ।