नयाँ दिल्ली जम्मु कश्मीरमा पाकिस्तानी सेनासँगको भिडन्तमा ज्यान गुमाएका एक भारतीय सैनिककी पत्नीले आत्महत्या गरेकी छन् ।
यो दर्दनाक घटना भारतको झारखण्डको हो । पतिको शव घरमा पुग्दा नपुग्दै उनले कुवामा हाम फालेर आत्महत्या गरेकि हुन्। आत्महत्या गरेकी मनीता उराँवका पति बजरंग उराँव फौजमा कार्यरत थिए ।
कश्मीरमा डिसेम्बर ३० मा पाकिस्तानीसेना सँगको भिडन्तमा उनको ज्यान गएको थियो। मृत बजरंगको शव गाँउ पुर्याइएसँगै बेहोस बनेकी पत्नीले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारत-पाकिस्तानबीच कश्मीर मामिलालाई लिएर विवाद जारी रहँदा दुवैतर्फ अनाहकमा सैनिकहरुले ज्यान गुमाउने गरेका छन्।
बुधबारमात्रै गोली हानाहान हुँदा भारतीय सेनातर्फ नेपालको गोरखा रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर र भारत महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथले ज्यान गुमाएका थिए। एजेन्सी