logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानका ५२ ठाउँमा आक्रमण गर्ने अमेरिकाको चेतावनी


अंकुरण खबर
637
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका छन् । अमेरिकी सम्पति या मानिस कोहीलाई आक्रमण गर्न खोजे झन छिट्टै आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन्।

ट्रम्पले यो भनाई इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए ।

सुलेमानीको हत्यापछि इरानले सही समयमा अमेरिकासँग बदला लिने बताएका थियो । इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिएका थिए ।

‘आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ’, ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘यदि त्यसो भएमा इरानका ५२ क्षेत्र अमेरिकाको तारो बन्ने छन् ।’

त्यस्ता ५२ क्षेत्र इरानले केही वर्ष पहिले नियन्त्रणमा लिएका आफ्ना नागरिकहरूको प्रतिनिधित्व हुनेगरी सूचीकृत गरिएको ट्रम्पको भनाइ छ । ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि ती महत्त्वपूर्ण रहेको बताएका छन् ।