logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियामा फैलिएको भयानक आगोमा जेलर ५० करोड जंगली जनावरको मृत्यु (भिडियोसहित)


अंकुरण खबर
2.028K
Shares

सिड्नी । अष्ट्रेलियाको जंगलमा फैलिएको आगोले खतरनाक रुपमा फैलिइरहेको छ। गएको डिसेम्बरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्।

आगलागीबाट अहिलेसम्म ५० करोड जंगली जनावरको मृत्यु भएको छ। चारमहिना वितिसक्दापछि अस्ष्ट्रेलियाको आगो अझै नियन्त्रण बाहिर छ। त्यहाँको सरकारले आगो नियन्त्रणका लागि थप ३ हजार सैनिक थप गर्ने घोषणा समेत गरेको छ।  प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका हुन् ।

उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो।  “धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उनले भने। उनले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिनुभयो।  झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ।

यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए। अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो। आगलागीका कारण अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको र अरु २८ जना बेपत्ता भएको जनाइएको छ।

देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन्।