पहिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चुलिएको छ । यो विवादले विश्व कतै अघोषित तेस्रो विश्वयुद्धतिर त जादैछैन भन्ने धेरैको विश्लेषण रहेको छ ।
अमेरिकाले इरानी सैन्य कमाण्डरको इराकमा हत्या गरेसँगै मध्यपूर्वमा तनाव चुलिँदै गएको छ। आफ्ना सैन्य कमाण्डरको हत्या गरिएपछि इरानले अमेरिकासँग बदला लिने बताइरहँदा इरानियन ह्याकर्सले अमेरिकी वेबसाइट ह्याक गरिदिएका छन् । अमेरिकी समाचार संस्था डेलीमेलका अनुसार उक्त समूहले कस्सिमको हत्याको बदला स्वरुप इरानले के गर्न सक्छ भन्ने देखाउन आफूहरुले अमेरिकी वेबसाइट ह्याक गरेको जनाएका छन् ।
इरानियन ह्याकर्सले अमेरिकाको फेडेरल डिपोसिटोरी लाइबेरी प्रोग्रामलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले वेबसाइटमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र इरानी झण्डा राखेर सुलेमानी शहिद बनेको उल्लेख गरेका छन्।इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले अमेरिकासँग कडा बदला लिने चेतावनी दिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थानमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।
यस्तै वेबसाइटमा राखिएको तस्विरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी मिसाइलले मुक्का हानेर रगत निकालेको तस्वीर देख्न सकिन्छ। यो समाचारले अहिले विश्व जगतलाईनै सशंकित तुलाएको छ ।