logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीमा रहेको जेएनयू कलेजमा नकाबधारी समूहको आक्रमण, १८ भन्दा बढी विद्यार्थी घाइते


अंकुरण खबर
1.066K
Shares

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहको आक्रमणमा परी १८ भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।

जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार जेएनयु क्याम्पसमा ५० भन्दा बढी मानिस लाठी बोकेर कलेज भित्र छिरेका थिए । अधिकांशले आफ्नो अनुहारमा कपडा बाँधेका थिए ।

क्याम्पसमा छिर्ना साथै उनीहरुले विद्यार्थीमाथि आक्रमण गरेका थिए । अहिले क्याम्पस क्षेत्र प्रहरी नियन्त्रणमा छ । घाइतेहरुलाई अस्पताल पुर्याउनका  लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

दिल्ली प्रहरीले जेएनयुको मुख्य गेटमा भारी मात्रामा प्रहरी तैनाथ गरेको छ । जेएनयुको गेट र बाहिर सो घटनालाई लिएर विरोध प्रदर्शन भएको थियो । विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।