logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको त्रिपुरामा १९ वर्षीया किशोरीको पूर्वप्रेमीबाट हत्या, पछि आत्महत्या


अंकुरण खबर
988
Shares

नयाँदिल्ली – भारतको त्रिपुरास्थित १९ वर्षीया किशोरीको आफ्नै पूर्वप्रेमीबाट हत्या भएको छ ।

आशिका नामकी १९ वर्षीया आफ्नै निवासमा मृत अवस्थामा भेटिएकी हुन् । २० वर्षीय पूर्वप्रेमीले उनको हत्या गरेको खुलेको हो । अनु नाम गरेका ती युवकले किशोरीको घरमै पुगेर हत्या गरेको बताइएको छ ।

किशोरीको हत्यापछि उनी आफैँ आत्महत्या गरेको पनि बताइएको छ । स्थानीय मिडियाका अनुसार ती किशोरी व्युटिशियन तालिम गर्थिन् । घटना हुनासाथ उनका हजुरबा र हजुरआमा घरमा पुगेका थिए । घाइते अवस्थामा रहेकी किशोरीलाई तत्कालै अस्पताल लगे पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।

‘सुरुमै उनीहरु सम्बन्धमा थिए । तर यो धेरै पहिलेको कुरा हो । जब उसले आशिकालाई पछ्याउन थाल्यो हामीले उविरुद्ध उजुरी पनि दियौँ,’ आशिकाकी आमा सीताले मिडियासँग भनिन् । सात महिनाअघि आशिकाका अभिभावकले अनु नामका युवकले पछ्याएर दुख दिएको भन्दै प्रहरीकहाँ उजुरी दिएका थिए ।

तर त्यसबेला प्रहरीले समझदारीमा मुद्दा टुंग्याएको थियो । अनुले आशिकालाई नपच्छ्याउने भन्दै बाचा समेत गरेका थिए । यही सोमबार भने आशिकाकी आमा काम गर्न गएका बेला ती युवक उनको घरमा पसे र भित्रबाट ढोका थुनिदिए ।

हजुरबा र हजुरआमा भित्र जान खोज्दा भित्रबाट चिच्याएको आवाज आयो । केरलामा यसअघि यस्ता थुप्रै घटना भएका छन् । जहाँ बायोटेक विद्यार्थी २० वर्षीया कविता विजयकुमारको यस्तै प्रकृतिमा मारिएकी थिइन् । एजेन्सी