logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिका-इरान तनाव : इराकबाट केही नेपाली फर्काइयो


अंकुरण खबर
1.378K
Shares

अमेरिकी रकेट आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले त्यसको बदला लिने घोषणा गरेको छ।

अमेरिका–इरानबीच उत्पन्न तनावका कारण इरानमा रहेका नेपालीको सुरक्षाबारे धेरैको चासो बढेको छ। सुरक्षाको दृष्यलाई मध्यनजर गर्दै इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा कार्यरत केही नेपाली कामदारलाई फर्काइएको छ।

आइतबार र सोमबार गरेर ४० जना विदेशी कामदारलाई दूतावासले स्वदेश फर्काएको बताइएको छ। तर, त्यसमा कति जना नेपाली फर्काइए भन्ने बारे भने पुष्टि हुन नसकेको स्रोतले जनाएको छ।

मध्यपूर्वमा तनाव बढेसँगै ती क्षेत्रमा रहेका नेपाली नागरिकहरुको सुरक्षा विषयमा आइतबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीबीच छलफल भएको थियो।

खाडी क्षेत्रमा रहेका नेपाली कामदारलाई हामीले नेपाली दूतावासको सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले जनाएको छ। इराकमा नेपाली दूतावास नभएकाले त्यहाँको बारे कुवेतस्थित नेपाली दूतावासले इराकबारे समन्वय गर्छ। उता इरानबारे भने पाकिस्तानस्थित नेपाली दूतावासले समन्वय गर्छ।

हाल इराकमा कम्तिमा १४० जना नेपाली रहेको बुझिएको छ। दूतावासमा ६०, सेनाको बेस क्याम्पमा ७० र विमानस्थलमा १०० जना नेपाली रहेको तथ्याङ्क छ। समाचारअनुसार इरान–अमेरिका तनाव बढेपछि अमेरिकी राजदुताबासमा कार्यरत बिदेशी कामदार दैनिक २० जनाको दरले आफ्नै देश फिर्ता गरिरहेको छ।