भारतको जेएनयुमा छात्रामाथि भएको आक्रमणविरुद्ध बलिउड आन्दोलित भएको छ ।
सत्ताधारी बीजेपी समर्थकहरुद्वारा गरिएको विद्यार्थी कुटपिटबिरुद्धको आन्दोलनमा अभिनेत्री दीपिका पादुकोणसमेत सडकमा निस्किएकी छिन् । उनले छात्रामाथि आक्रमण हुनु निकै दुखद भएको बताएकी छन् ।
बिजेपी प्रवक्ता तेजिन्द्रपाल सिंह बग्गाले दीपिका अभिनीत फ़िल्म बहिष्कार गर्न अपील गरेका छन् । चाँडै दीपिका अभिनित ‘छपाक’ चलचित्र प्रदर्शनमा आउँदैछ ।
आइतबार रातिको आक्रमणकारी जत्थाको पहिचान नभएको र कोहीबिरुद्ध मुद्दा नचलेको समाचार छ । बरु उल्टै, आक्रमणमा परी गम्भीर घाइते भएकी जेएनयुएसयु अध्यक्ष आइसी घोषविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको छ । एजेन्सी