logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायती राजकुमार ह्यारी र मेगनले गरे दरबार त्याग्ने घोषणा


अंकुरण खबर
3.237K
Shares

बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवारको उच्च सदस्यबाट पछि हटी दरबार छोड्ने घोषणा गरेका छन् ।

आफुहरुको बसाइ बेलायत र उत्तर अमेरिकामा विभाजित हुने विज्ञप्तीमा जारी गर्दै वित्तिय रुपमा स्वतन्त्र हुने गरी काम गर्ने घोषणा गरेका हुन् । इन्स्टाग्राम पेजमा राखिएको वक्तव्यमा धेरै महिनादेखिको आन्तरिक छलफलपछिको यो निर्णयमा पुगेको उल्लेख गरिएको छ ।

राजपरिवारको उच्च सदस्यबाट हटेपनि महारानीलाई पूर्ण भने रुपमा सहयोग र समर्थन रहने विज्ञप्तिमा जारी गरिएको छ । ह्यारी र मेगनको घोषणाबाट बेलायती राजदरबार निराश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पूर्व महारानी एलिजाबेथ तथा राजकुमार विलियमसँग विना  परार्मश  उनिहरुले विज्ञप्ती जारी गरेका थिए । एजेन्सी