यो हप्ता बिग बोस १३ विकेन्टको वारमा फिल्म ‘छपाक’ को टिम फिल्म प्रमोशनको लागि गाएका थिए । अभिनेत्री दीपिका पादुकोण, विक्रान्त मस्सी, र लक्ष्मी अग्रवालले घरका सदस्यहरुसँग धेरै रमाइलो गरेका थिए ।
बिग बोस मेर्कसले एक एपिसोडको प्रोमो सार्वजनिक गरेको छ । जसमा घरका सबै सदस्य आफ्नो जीवनमा घटेका केही घटनाहरुको बयान गरिरहेका छन् । यही क्रममा घरको सदस्य आरती सिंहले केही खुलासा गरेकी छन् ।
आरतीले सबैको अगाडी भनिन् –‘ १३ वर्षको उमेरमा मलाई घरभित्र बन्द गरेर बलात्कारको कोशिस गरिएको थियो । त्यो कुरा सोचेर आज पनि मलाई डर लाग्छ ।’ आरतीको यो कुरा सुनेर सबै जना छक्क परेका थिए । सिद्धार्थ शुक्लाको आँखाबाट आँसु आएको थियो । यो भन्दा अगाडी बिग बोस घरमा आरतीले २ वर्ष काम नपाएको कारण डिप्रेशनमा गएको खबार सुनाएकी थिइन । ३५ सालकी आरती कृष्णा अभिषेकको बहिनी गोविन्दाको भान्जी हुन् ।
आरतीले आफ्नो एक्टिङको सुरुवात टिभी शो ‘मायका’ बाट २००७ मा गरेकी थिइन । आरतीको करियरको पहिचान एकता कपुरको सिरियल ‘परिचय–नई जिन्दगी के सपनो का’ बाट मिलेको थियो । एजेन्सी