logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक जस्टिन बिबरलाई ‘लाइम’ संक्रमण


अंकुरण खबर
1.001K
Shares

क्यानडियन गायक जस्टिन बिबर ‘लाइम रोग’ बाट ग्रस्त भएका छन् ।

२५ वर्षीय गायक बिबरले इन्स्टाग्राममार्फत यसबारे जानकारी गराएका हुन् । उनले यसबाट आफू ग्रस्त भएको भन्दै इन्स्टाग्राममा लेखेका छन्, “मानिसहरूले जस्टिन बिबर मेथम्फेटामिन लिन्छ ऊ पातलो हुँदै गएको छ भन्दै कमेन्ट गर्दै गर्दा उनीहरूलाई यो थाहा छैन कि म लाइम रोगबाट ग्रसित छु । यो मात्रै होइन्, मलाई क्रोनिक मानोको समस्या पनि थियो जसले गर्दा मेरो छाला, दिमाग, ऊर्जा र मेरो पुरै स्वास्थलाई प्रभावित बनाएको छ ।”

ग्रामी अवार्ड विजेता बिबरले उनको आगामी डकुमेन्ट्री ‘जस्टिन बिबर स् सिजन्स’ मा पनि यो रोगबारे कुरा गर्नेछन् । यो २७ जनवरीमा रिलिज हुँदै छ । (नवभारत टाइम्स)