एजेन्सी – इराकस्थित अमेरिकी एयरबेसमा फेरि आक्रमण भएको छ।
इराकको अल बलदमा रहेको अमेरिकी एयरबेसमा आठवटा रकेटहरुले आक्रमण भएको बताइएको छ। घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई इराकी अधिकारी र दुई एयरमेन रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अल बलद बेस अमेरिकी वायुसेनाको मुख्य अड्डा हो। इराकले आफ्नो एफ १६ लडाकू विमान पनि यँही राख्छ।
इरान र अमेरिकाबीच तनाब बढेकै बेला अमेरिकी सैन्य अड्डामाथि हमला भएको हो। समाचार एजेन्सी एएफपीका अनुसार यस हमलाको कसैले जिम्मेवारी लिएको छैन। यद्यपि अमेरिकाले इरान समर्थित समूहले आक्रमण गरेको आरोप लगाएको छ।