logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्समा ज्वालामुखीः ठूलै खतराको संकेत, तीन शहर खाली गर्न निर्देशन


अंकुरण खबर
637
Shares

फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएसँगै अर्को पनि खतरनाक बिस्फोट हुने आशंका गरिएको छ।

खतराको संकेत देखाउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा सार्व चेतावनी दिएका छन्। राजधानी मनिलाको  ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको थियो।

ज्वालामुखी विष्फोटपछि त्यहाँ भूकम्प पनि गएको थियो। उक्त विष्फोटपछि खतराको चेतावनी दिदै अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विष्फोटपछि मनिला अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको जनाइएको छ।  फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले  ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन्। एजेन्सीले केही घण्टा वा दिनमभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ।