logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नासाको भनाइ, अस्ट्रेलियाको डढेलोको धुँवाले पृथ्वी घुम्ने


अंकुरण खबर
1.404K
Shares

अस्ट्रेलियाको ठूलो डढेलोको धुँवा पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ।

महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुँवा प्रशान्त महासागरतर्फ बढेको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुँवा अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ।

‘त्यो धुँवाले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,’ अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ। अस्ट्रेलियामा डढेलो ‘नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री

अस्ट्रेलियामा इतिहासकै तातो दिन

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ।विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।

धुँवा कसरी पृथ्वी घुम्छ ?

नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्।

त्यसको कारण धुँवा आकाशको धेरै नै माथि पुगेको छ। धुँवा १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ।

‘त्यति माथि पुगेको धुँवा संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,’ नासाले भनेको छ। नासाले त्यो उचाइको धुँवाले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।

जमिनमा असर

नासाका अनुसार धुँवाका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ।

न्यूजील्याण्डमा धुँवाले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ।

अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ। साभार बीबीसीबाट