logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनलाई ताइवानको चेतावनी


अंकुरण खबर
3.653K
Shares

ताइवानकी राष्ट्रपति साइ इङ्ग–वेनले आफ्नो देशलाई सम्मान गर्न र इज्जत दिन चीनसँग आग्रह गरेकी छन् । उनले चीनले ताइवानमाथि कुनै किसिमको आक्रमण गरेमा त्यसको महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएकी हुन् ।

डेमोक्याट्रीक प्रोगेसिभ पार्टीकी साइ गएको शनिबार भारी मतसहित पुनः ताइवानको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । चुनावी अभियानको क्रममा उनले चीनबाट ताइवान र ताइवानका बासिन्दामाथि बढ्दै गएको खतराप्रति सचेत गराएकी थिइन् ।

चीनले ताइवानलाई आफ्नो देशको हिस्सा रहेको दाबी गर्दै आएको छ । चीनको कम्युनिष्ट पार्टीले आवश्यक परेमा सैन्य शक्ति प्रयोग गरेर ताइवान लिने अधिकार पनि आफूसँग रहेको बताउने गरेको छ । तर साइले भने ताइवान सार्वभौम सम्प्रभूतायुक्त स्वतन्त्र देश रहेको बताउने गरेकी छन् । एजेन्सी