आलिया भट्ट अभिनति चलचित्र ‘गंगुबाई कठियावाडी’को पहिलो पोस्टर मंगलबार रिलिज भएको छ । पोस्टर रिलिजभैसक्दासम्म पनि गंगुबाई ९आलिया० को प्रेमी को हुने भन्ने कुरा अन्योल बनेको छ ।
उक्त भूमिकामा कात्तिक आर्यन हुने कुरा थियो । तर नकारात्मक भूमिका भएपछि कात्तिकले चलचित्र नगर्ने खबर आएको छ ।
भारतीय मिडियाका अनुसार अब उक्त भूमिकामा रणवीर कपुर हुने सम्भावना रहेको छ । रणवीरलाई भंसालीले नै बलिउडमा देब्यु गराएका कारण भंसालीको प्रस्ताव नकार्ने सम्भावना कम भएको अनुमान गरिएको छ ।
त्यस्तै चलचित्रको अर्को मुख्य क्यारेकटर करिम लालामा ऋतिक रोशनले नकारेपछि अजय देवगन हुने भन्ने कुरा थियो । तर अजयले भने औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् ।
चलचित्रमा गंगुबाई प्रेमीसँग भागेर मुम्बाई जान्छिन् । तर, उनलाई प्रेमीले धोका दिएर कोठीमा बेचिदिन्छन् । जहाँ उनी जबरजस्ती शरीर बेच्न बाध्य हुन्छिन् । दैनिक भाष्कर