गर्भमा रहेका शिशुले २४ हप्ता पुग्नु अगाडि नै पीडा महसुस गर्ने वैज्ञानिकहरूले बताएका छन् । नयाँ अध्ययनले गर्भमा रहेका शिशुलाई गर्भपतन हुँदा पीडा हुने पुष्टि गरेको हो ।
हालसम्म मेडिकल वृत्तमा २४ हप्ताभन्दा अगाडि गर्भमा रहेको भ्रुणले कुनै पीडा महसुस नगर्ने धारणा व्याप्त थियो । तर नयाँ अध्ययनले उक्त धारणा गलत साबित गरिदिएको छ ।
नयाँ अध्ययनले गर्भमा रहेको भ्रुणले १३ हप्तादेखि नै पीडा महसुस गर्ने बताएको छ । उक्त अध्ययनको निष्कर्ष जर्नल अफ मेडिकल इथिक्समा प्रकाशित गरिएको छ ।
अध्ययनले भ्रुण हत्याप्रतिको मानिसको दृष्टिकोण परिवर्तन गर्न सक्ने अनुसन्धानकर्ताले दाबी गरेका छन् । एजेन्सी