चीनमा महामारीका रुपमा फैलिएका नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
चीनका सरकारी अधिकारीले हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ४१ जनाको ज्यान गएको पुष्टि गरेका हुन् ।यस्तै अहिलेसम्म चीनमा १२ सय ८७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
विज्ञहरुले भने संक्रमितको संख्या यो भन्दा बढी हुन सक्ने बताएका छन् ।चीनमा आज नयाँ वर्ष मनाईँदै छ । तर कोरोना भाइरसको संक्रमणका कारण धेरै कार्यक्रमहरु रद्द गरिएका छन् ।
गएको डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको छ । यस्तै नेपालमा पनि यसको संक्रमण पुष्टि भएको छ । चीनबाट फर्किएका एकजनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यसरी चीन बाहिरका देशमा संक्रमण पुष्टि हुनेमा अधिकांश चीनबाटै ती देश फर्किएका छन् ।