logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री शर्माको आत्महत्याको दुई दिनपछि आमाले दिइन् यस्तो बयान


अंकुरण खबर
1.04K
Shares

भारतीय टेलिभिजनकी कलाकार सेजल शर्माले झुण्डिएर आत्महत्या गरिन्। उनले शुक्रबार घरमा एक सुसाइड नोट लेखेर आत्महत्या गरेकी थिइन्।

शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन्। सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन, जो मुख्य पात्रको बहिनीको भूमिका हो।

सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन्। भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन्।

सेजलले आत्महत्या गरेको दुई दिनपछि उनकी आमाले पहिलो बयान दिएकी छिन्। उनले बयानमा सेजलले डिर्पेशनका कारण आत्महत्या गरेको कुरालाई अस्वीकार गरेकी छिन्। उनले भनेकी छिन्, उनलाई लिड रोल मिलेको थियो। त्यसपछि यस्तो के भयो जसका कारण उनले मृत्युलाई रोजिन्।

सेजलको परिवारमा आमाबाबुका अलावा दुई भाइ बहिनी छिन्। उदयपुरकी सेजल केही वर्षअघि मात्र मुंबई आएकी थिइन्। टेलिभिजनमा सबैभन्दा पहिला उनले दिल तो हैप्पी है जी रिरियलमा काम गरेकी थिइन्। यस सिरियलको मुख्य भूमिकामा जैस्मिन भसीन थिइन्।

सेजलको आत्महत्याको खबर लगत्तै जस्मिनले प्रतिक्रिया दिदै लेखेकी छिन्, म हैरान र डिस्टर्ब भएकी छु। किनकी सेजल सधै खुसी रहने युवती हुन्। हामी दुबैको ब्रान्ड निकै राम्रो थियो। मलाई थाहा छैन् की उनले किन यस्तो कदम उठाउनु पर्यो।