logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा १६ लडाकू हवाई आक्रमणमा मारिए


अंकुरण खबर
845
Shares

अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् ।

तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरु मारिएका हुन् ।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले दिएको जानकारी अनुसार तालिवान लडाकूहरुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको हो ।

लडाकूहरु लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए । एजेन्सी