अष्ट्रेलियामा एक पछि अर्को संकट देखा परेको छ। पहिले आगोका कारण निकै ठूलो संकट देखिएको अष्ट्रेलियामा फेरि अर्को संटक आइपरेको समाचार सार्वजनिक भएको छ।
अष्ट्रेलियाका शहरमा यस्तो माकुरा देखिएको छ, जसले १५ मिनेटमै मानिसको ज्यान लिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फनेल वेब स्पाइडर नामको उक्त माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने समाचारमा उल्लेख गरिएको छ।
अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा उक्त माकुरा जमिनभित्र छिरेका थिए। तर अहिले परेको भारी वर्षापछि आएको बाढीका कारण उक्त माकुरा शहरतिर भाग्न बाध्य भएको बताइएको छ।
अष्ट्रेलियाका शहरमा यतिबेला फनेल वेब स्पाइडरको जालो फैलिरहेको छ। अहिले त्यहाँ यस माकुराका ४० प्रजाति रहेको बताइएको छ। यो संसारकै सबैभन्दा खतरनाक र विषालु माकुरा हो। यदी यसले टोकेमा १५ मिनेटमै मानिसको ज्यान जाने बताइएको छ।
सिडनी, न्यू साउथ वेल्समा यस माकुराको प्रकोप बढी बढेको समाचारमा उल्लेख छ। अहिले यी विषालु माकुराबाट एन्टी भेनम औषधि बनाइदै आइएको छ। यसले टोक्दा मानिको मुखबाट फिज आउने र भयानक पीडा हुने बताइएको छ। मांसपेशी खुम्चिने तथा वान्ता हुने र ब्लड प्रेशर बढेर १५ मिनेटमै मानिसको मृत्यु हुने समाचारमा जनाइएको छ।