logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन


अंकुरण खबर
1.001K
Shares

बलिउड अभिनेता शाहरुख खान शोकमा डुबेका छन्। उनको बहिनी नूरको मंगलबार निधन भएको छ।

नूरका कान्छा भाइ मंसूरले यस खबरको पुष्टी गरेका छन्। नूर लामो समयदेखि क्यान्सरको समस्याबाट पीडित रहेको भारतीय मिडियाले जनाएका छन्।

नूर शाहरुख खानकी फूपुकी छोरी हुन्। उनी पेशावरको ख्वानी बजार नजिकै मोहल्ला शाह वली कताल क्षेत्रमा बस्दै आएकी थिइन्। नूर त्यो बेला चर्चामा थिइन्, जुन बेला सन् २०१८ को आम निर्वाचनमा आफ्नो नाम दर्ता गरेकी थिइन् र त्यसपछि फेरि उम्मेद्वारी फिर्ता लिएकी थिइन्।

यस बाहेक नूरका बारेमा कुनै जानकारी नआएको समाचारमा उल्लेख छ।  एजेन्सी